ठेकेदार आचार्यलाई आठ महिनाअघि नै काम सकेको भनेर फूलमाला लगाईदिए !

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ पौष १४, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १४, काठमाण्डौँ । हाम्रो देशमा बिकास निर्माणको काम समयमै निर्माण नभएको धेरै उदाहरणहरु रहेका छन् । ठेकेदारको लापरबाहि तथा अन्य बिबिध कारण देखाउँदै कामको मिती ढल्कने गरेको छ । तर दाङमा भने समयभन्दा करिव आठ महिना अगाडी नै काम सक्काएर उदाहरण नै दिएका छन् । काम सुरु गरेको मिती सकिनुभन्दा आठ महिना अगाडी नै पुल बनाएर उनले सबैलाई काम भनेको यसरी ठेक्का लिनुपर्छ भनेर उदाहरण दिएका हुन् । यसै खुसियालीमा दाङका स्थानियहरुले ठेकेदारलाई फूलमाला लगाएर सम्मान गरेका छन् ।

सम्मान पाउनेमा निर्माण व्यवसायी रसुवा कन्स्ट्रक्सनका अध्यक्ष राजेन्द्र आचार्य रहेका छन् । केही समयअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन सम्झौता अगाडि नै सकेको उनको कम्पनीले दाङको तुलसीपुर घोराही सडक खण्डमा पर्ने ग्वारखोला पुल तोकिएको समयभन्दा ८ महिना अगाडि नै पूरा गरेर उदाहरणीय कामको सुरुवात गरेको थियो ।
समयमै काम सकिनुको मुख्य कारण प्राविधिक, आर्थिक र व्यवस्थापकीय क्षमता भएको आचार्य बताउँछन् ।
फोटो : सेतोपाटीबाट

ताजा अपडेट

खोजी गर्नुहोस