महाधिवेशन तोकिएकै समयमै गर्नुपर्छ : शेखर कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष १४, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशन तोकिएकै समयमा नै हुनुपर्ने उल्लेख गरेका छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशन सार्न नहुने बताए ।

सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा गत शुक्रबार ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरेका थिए । आउँदो महाधिवेशनमा उनी सभापति उठ्ने चर्चा पनि छ । उनले २०७८ चैतमा स्थानीय तह निर्वाचन हुने भएकोले ०७७ भित्रै महाधिवेशन गरिसक्नुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस