संरक्षित वन्यजन्तुको अवैध कारोबार, धादिङका ३, नुवाकोटका १ सहित १३ जना पक्राउ

पौष १४, काठमाण्डौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसारमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सालकको दुईवटा छालासहित धादिङका सुके तामाङ र उमेश अधिकारी , मकवानपुरका कालबहादुर जिम्बा, महोत्तरीका सिंहबहादुर मोक्तानलाई पक्राउ गरिएको छ ।त्यस्तै, भालुको पित्तसहित धादिङका ईश्वर थपलिया, दोलखाका ललितबहादुर विक, राजकुमार दाहाल, याम खाती र बैतडीका हरिश भट्ट रहेका छन् ।

चितुवाको छालासहित नुवाकोटका सरोज ओझा, काठमाडौंका अखिल लामा भनिने सुरेन्द्र तामाङ र कैलालीका कृष्ण क्षेत्री भनिने कृष्ण साउँद क्षेत्री समातिएका छन् भने सालकको ४ किलो तौल भएको खपटासहित सिन्धुलीका कर्ण रम्तेल पक्राउ परेका छन् ।ब्युरोले एक साताको अवधिमा उनीहरुलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाएको हो ।

संम्बन्धित समचार

Leave a Reply