तिन पाङग्रे सवारी व्यवसायी र सरकारबीच सहमती ! आन्दोलनका सबै कार्यक्रम स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १०, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । आन्दोलनरत अटो तथा रिक्सा चालक र भरतपुर महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ ।

महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि आन्दोलन भएको थियो ।

भरतपुर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भए ।

साँझ भएको वार्तामा गोली लागेर घाइते भएका महेन्द्र सुनारको उपचार महानगर र जिल्ला प्रशासन कार्यालयले गर्ने सहमति भएको छ । सहमतिअनुसार भरतपुर महानगरको राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा गुड्न पाउने छैनन् । वारपार गर्ने १८ वटा बिन्दु बाहेक महानगरको राजमार्गमा अटो रिक्सा र ट्याम्पो नगुडाउने सहमति भएको हो ।

सहमतिसागै अटो तथा रिक्सा चालकहरुले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् ।

सहमतिलाई कार्यान्वयन गर्न उपमेयर पार्वती शाहको संयोजकत्वमा समिति गठन गरिएको महानगरका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस