गुरुङ समुदायले तमु ल्होसार मनाउँदै, राष्ट्रपतिद्धारा शुभकामना

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष १५, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ ।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । गण्डकी प्रदेशले तमु ल्होसार मा सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपतिद्धारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान पर्व ‘तमू ल्होसार’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरूङ समुदायलाई शुभकामना दिएकी छन् । उनले मङ्‍गलबार शुभकामना सन्देश जारी गर्दै सबैको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गरेकी छन् । ‘नेपालमा मनाइने विभिन्न चाडपर्वहरूले स्वदेश तथा विदेशमासमेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेका छन् । मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा संवद्र्धन गर्दै सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नसमेत गुरूङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसानीय छ,’ राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छन् ।

बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रको रूपमा रहेको नेपालको लागि गुरुङ संस्कृति राष्ट्रिय संस्कृतिको एक महत्त्वपूर्ण अङ्‍गको रूपमा रहेको उनले बताएकी छन् । ‘तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरूले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको छ,’ राष्ट्रपति भण्डारीले भनेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस