शहीद स्मारक ए डिभिजन लिगमा आज २ खेल हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष १५, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार दुई खेल हुँदैछन् । आजको खेलमा च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ बजे भिड्न शुरु गर्नेछन् । दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेड दिउँसो ३ बजे भिड्नेछन् ।

लिगमा तीन खेलबाट च्यासलले एक जित, एक बराबर र एक हारबाट ४ अंक जोडेको छ । लिगमा अपराजित रहेको जावलाखेलको ५ अंक छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ । ब्रिगेड एक जित र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस