जापानको जनसङ्ख्या ५ लाखले घट्यो, हालसम्मकै ठूलो जनसङ्ख्या गिरावटको सामना

पौष १५, काठमाण्डौँ । जापानको जनसङ्ख्यात्मक संकटले झन खराब रुप लिइरहेको छ । सबैभन्दा चाँडो बूढो भइरहेको मुलुक, जापानले २०१९ मा हालसम्मकै ठूलो जनसङ्ख्या गिरावटको सामना गर्नुपरेको हो । सरकारी तथ्याङ्कका अनुसार यसवर्ष जापानले सबैभन्दा थोरै जन्मदरको नयाँ रेकर्ड बनाएको छ । रिपोर्टका अनुसार २०१९ मा देशभर केबल ८ लाख ६४ हजार बालबालिकाको जन्म भएको छ ।

तर यता मृत्युदर भने दोस्रो विश्वयुद्धपछिको सबैभन्दा धेरै पुगेको बताइएको छ । ५ लाख १२ हजार मानिसको मृत्युले प्राकृतिक रुपमा जनसङ्ख्यामा गिरावट ल्याएको छ । यता जन्मदर चाहिँ तथ्याङ्क राख्न सुरु गरिएको वर्ष, १८७४ पछिकै सबैभन्दा कम रहेको मंगलबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । २०१८ को तुलनामा यस वर्ष ५४ हजार कम बालबालिका जन्मिएको बताइएको छ भने कूलगरी जनसङ्ख्या पाँच लाखले घट्न पुगेको बताइएको हो । सिएनएन

संम्बन्धित समचार

Leave a Reply