जलेर उपचार गरिरहेकी महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ पौष १६, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाण्डौँ । पर्साको जिराभवानी गाउँपालिका–१ भवानीपुर बस्ने प्रमोद दासकी श्रीमती २६ वर्षीया शान्ती देवी यादव आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकीमा उपचारका क्रममा मृत्यु भएको छ । आगो ताप्ने क्रममा लागेको आगोमा जलेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

गत पुस ३ गते आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्तिको वीरगन्जमा उपचार हुन नसकेपछि काठमाडौंको कीर्तिपुर अस्पताल रेफर गरिएको थियो । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा मंगलबार शान्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस