धादिङको थाक्रे १ मा सवारी दुर्घटना, एक जनाको मृत्यु

Post Thumbnail

सन्तोष सुवेदी
पौष १७, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ । चितवनबाट काठमाण्डौ जाँदै गरेको ना ४१ प ४३०६ नम्बरको मोटरसाईकलको पछाडी सवार थाक्रे गाउँपालिका वडा नम्बर १० बस्ने बर्ष ३४ का सुमन तामाङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय धादिले जनाएको छ ।
मोटरसाईकलबाट खसेर लड्दा बा ५ ख ७९८७ नम्बरको ट्रकले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी रुपक खड्काले जानकारी दिए । यसबारे थप अनुसनधान भईरहेको समेत उनले बताएका छन् ।

फोटो : फाईल

ताजा अपडेट

खोजी गर्नुहोस