नुवाकोटमा सडक निर्माण उपभोक्ता समिति गठनको विषयलाई लिएर झडप, तीन घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ पौष १७, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पौष १७, नुवाकोट । नुवाकोटमा सडक निर्माण उपभोक्ता समिति गठनको विषयलाई लिएर भएको झडपमा तीन जना घाइते भएका छन् । लिखु गाउँपालिका–५ धमिलेबोट दोबाटोबाट छहरेदेखि ककनीसम्म जाने बाटो निर्माणका लागि उपभोक्ता समिति गठन गर्न बसेको विवाद बढेर हात हालाहाल भएको हो । घाइते मध्ये दुईजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोमा चोट लागेका लिखु गाउँपालिका–५ धमिलेबोटका २८ वर्षीय निर्भिक पाठकलाई काठमाडौं पठाइएको हो । सोही ठाउँका २५ वर्षीय परशुराम श्रेष्ठको दाँत झरेको र मुखमा चोट लागेको छ भने विदुर नगरपालिका–४ का ३७ वर्षीय डोलबहादुर मगरको टाउकोमा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ ।
साझेदारी नेपालखबर डटकम

ताजा अपडेट

खोजी गर्नुहोस