संस्थापन पक्षलाई बारम्बार बल पुर्याउने शशांक कोइरालाको अभिव्यक्ति !

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७६ पौष १८, शुक्रबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

गत मंसिरको महासमिति बैठकपछि केन्द्रीय समितिबाट बहुमतका आधारमा सभापति शेरबहादुर देउवाले विधान पास गर्दा नेता रामचन्द्र पौडेल पक्षले ‘नोट अफ डिसेन्ट’ लेख्यो । तर, पौडेल पक्षबाटै महामन्त्री बनेका डा। शशांक कोइराला सभापति प्रणालीमा सहयोग गर्नुपर्छ भन्दै समर्थनमा उत्रिए । यसबाहेक कोइरालाले सभापतिको न विरोध गरे, न असहयोग नै  । सभापति प्रणालीमा संस्थापनलाई सहयोग गरेर जानुपर्ने धारणा बारम्बार दोहोर्याउँदै आए । सभापति देउवालाई बल पुयाउने अभिव्यक्ति नदिन गुटगत भेलामा शशांकमाथि दबाब हुन्थ्यो । तैपनि उनले संस्थापन पक्षलाई सहज हुने अभिव्यक्ति दिन छाडेनन् ।

२६ मंसिरमा केन्द्रीय समिति बैठक थियो  । २३ मंसिरमा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै शशांकले ‘पार्टीमा तलदेखि केन्द्रसम्मको निर्वाचन गर्न समय लाग्ने भएकाले केन्द्रीय कार्यसमितिको म्याद डेढ वर्ष थपिन्छ’ भन्दै संस्थापनलाई बल पुर्याउने अभिव्यक्ति दिए । उनले म्याद थपको कारण समेत प्रस्ट्याए– ‘पार्टीको निर्वाचनपछि स्थानीय तहको निर्वाचन आउँछ । त्योभन्दा अगाडि नै पार्टीको नीति र रणनीति बनाउन कार्यसमितिको म्याद डेढ वर्ष थप्नुपर्छ ।’ १४औँ महाधिवेशनमा देउवा र शशांक मिलेर अरूलाई पाखा लगाउने पो हुन् कि भन्नेर संस्थापनइतर पक्ष सशंकितसमेत बन्यो । तर, जब केन्द्रीय समिति बैठक बस्यो, माहोल एकाएक फरक बन्यो । संस्थापनइतर पक्षको बहिष्कारबीच देउवाले बैठक राखेर केन्द्रीय विभाग २८ बाट ४१ पुर्याउने, तरुण दलको म्याद थप गर्नेसहितका प्रस्ताव राखे । बहिष्कारमा रहेको पौडेल पक्षलाई मनाउन बैठक पटक–पटक स्थगित पनि गरियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तर, ११ पुसमा पौडेल–कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारबीच एकलौटी रूपमा १४औँ महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यताका प्रावधानमा विधानका महŒवपूर्ण धारा निलम्बन, विनासल्लाह कार्यकाल एक वर्ष थप गरेपछि संस्थापनइतर पक्ष झन् आक्रामक बन्यो । पौडेल–सिटौला पक्षको बहिष्कारबीच देउवाले बैठक बोलाउँदै बहुमतबाट निर्णय गराएपछि छरिएको पूर्वसंस्थापनलाई भने एक ठाउँमा उभिने अवसर मिलेको छ । जब कि कांग्रेसमा संस्थापन ९देउवा० पक्ष चट्टानी गुटमा एकबद्ध हुँदा इतरपक्ष गुट–उपगुटले आक्रान्त थियो । पूर्वसंस्थापन पक्ष पौडेल, कोइराला परिवार, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीसहित नेताहरूको बेग्लाबेग्लै समूहमा छ । १३औँ महाधिवेशनदेखि तेस्रो पक्षका रूपमा उभिएको सिटौला पक्ष आफूलाई विचार समूह दाबी गर्दै आएको छ । छरिएका पूर्वसंस्थापन पक्षका सबै गुट–उपगुट र नेताहरू सभापति देउवाले एकलौटी गर्दै पार्टी चलाएको र कब्जा गर्न खोजेको भन्दै २६ मंसिरयता एकजुट भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस