च्याम्पियन्स कप फुटबल : लिभरपुलद्वारा सिटी पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १०, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इंग्लिस क्लब लिभरपुलले अर्को इंग्लिस क्लब तथा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

अमेरिकाको न्यु जर्सीमा बिहिबार बिहान भएको खेलमा लिभरपुलले सिटीलाई २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरे । सिटीका लागि लेरोए सानेले एक गोल गरे ।

प्रिमियर लिग च्याम्पियन सिटीविरुद्ध लिभरपुलले खेलमा पछि परेको स्थिति उल्ट्याउदै जित हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भयो । ५७ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा सलाहले बराबरी गोल फर्काए ।

९० औं मिनेटमा मानेले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई जित दिलाए । प्रि–सिजनमा लिभरपुलको यो पहिलो जित हो । यसअघिको पहिलो खेलमा लिभरपुल बोरुसिया डर्टमन्डसँग ३–१ ले पराजित भएको थियो । प्रि–सिजनमा सिटीको यो दोस्रो हार हो । यसअघि सिटी जर्मन क्लब बोरुसिया डर्टमन्डसँग १–० ले पराजित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस