नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्यो, प्रतितोला ७४ हजार ५ सयमा कारोवार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष १८, शुक्रबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार पाँच सय रुपैयाँ पुगेको हो । सुनको यो मूल्य अहिलेसम्मकै बढी हो । विहिबार सुन प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको मूल्य फुनः उकालो लागेको हो । चाँदी भने आज प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस