हेमोडायलासिसका लागी प्रधानमन्त्री ओलीलाई अस्पताल लगीयो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष १८, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार अपरान्ह त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

थापाका अनुसार नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटर फर्किनेछन् । १२ वर्षअघि मृगौला फेरेका प्रधानमन्त्री ओलीको पछिल्लो समय प्लाज्माथेरासिसले काम नगरेपछि नियमित हेमोडायलासिस गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस