बन्चरे डाँडाका स्थानीय भन्छन्-“माग पूरा नभए फोहोर फाल्न दिँदैनौँ”

Post Thumbnail

पौष १८, काठमाण्डौँ । नुवाकोटको बन्चरे डाँडाका स्थानीयहरुले फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । आफ्ना माग पूरा नभएसम्म बन्चरेडाँडामा फोहोर फाल्न नदिने अडान स्थानियले लिएका छन् ।

आज अनुगमनमा गएको शहरी विकास मन्त्रीसहितको टोलीसँग स्थानीयहरुले आफ्ना माग पूरा गर्न आग्रह समेत गरेका छन् । स्थानीय आशिष ढुंगानाले जनताको हितमा काम नगरेसम्म फोहोर फाल्न नदिने बताए । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थानीयले राखेका मागहरु पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

उनले हप्तामा एकपटक भए पनि त्यस क्षेत्रको भ्रमण गरी विकासका कामको प्रगतिका बारेमा जानकारी लिने र स्थानीयहरुका समस्या समाधानको जिम्मेवारी लिने बताए। २ वर्षका लागि सम्झौता भए पनि १४ वर्षसम्म फोहोर फालिएको र आफूहरुसँग गरिएको सम्झौताहरु पूरा नभएको स्थानीयहरुको गुनासो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस