साउन १०,काठमाडौँ । २७ दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारबीच अहिले सिंहदरबारमा वार्ता भइरहेको छ ।
डा। केसीका माग सम्बोधन हुने गरी सिंहदरबारमा वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।
डा।केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयकलाई संशोधन गरेर मात्रै संसदबाट पारित गर्ने विषयमा दुवै पक्ष सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।
यसअघि बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा डाक्टर केसी पक्ष र सरकारी वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकका केही बुँदा संशोधन गर्ने सहमति भएको थियो ।
अहिले चलिरहेको वार्तामा सहमति भएर हस्ताक्षरको सम्भावना रहेको पनि दुवै पक्षले जनाएका छन् ।
बुधबार बेलुकी डाक्टर केसी र सरकारको वार्ता असफल भएपछि बालुवाटारमै प्रधानमन्त्रीसँग मध्यरातमा फेरि वार्ता भएको थियो ।