पौष २०, काठमाण्डौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ९ उम्मेदवारबीच प्रतिस्पर्धा हुने जनाईएको छ । प्रतिस्पर्धामा निवर्तमान भइसकेका दीपकराज जोशीसमेत रहेका छन् । पुस महिनाबाट बोर्डको कार्यकारी प्रमुख पद रिक्त हुने भएपछि पूर्तिका लागि नेपाल पर्यटन बोर्डले कार्यविधि नै बनाएर खुला विज्ञापन आहृवान गरिएको थियो । सचिवालयका अनुसार, सर्ट लिस्टिङमा परेका उम्मेदवारहहरूको आउँदो माघ २ र ३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता राखिएको छ ।
सर्ट लिस्टिङमा काशीराज भण्डारी, दीपक बस्ताकोटी, बोर्डमा हाल कार्यकारी प्रमुखकै भूमिका निर्वाह गरिरहेका दीपकराज जोशी र धनञ्जय रेग्मी छन् । त्यस्तै, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐर पनि बोर्डको सर्ट लिस्टिङमा छन् ।