डा. केसीको मागमा सहमति : सिंहदरबारमा हस्ताक्षर हुँदै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १०, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्षबीच सहमति भएपछि अहिले सरकारी वार्ता टोली र डा. केसी पक्षबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । आजै अनसन तोडाउने बताइएको छ ।

“डा. केसीका मागमा सहमति भएको छ,” वार्तामा सहभागी उच्च स्रोतले भन्यो, “सिँहदरबारमा हुने वार्तामा हस्ताक्षरको तयारी छ ।” उनले कुन कुन विषयमा सहमति भयो भन्ने बारेमा भने खुलाउन चाहेनन् ।

डा. केसी अनशनमा बसेको आज २७ दिन भएको छ । २७ औं दिनका दिन डा. केसी र सरकारी पक्ष सहमतिमा पुगेका हुन् ।

बुधबार भएको वार्तामा सहमतिको अपेक्षा गरिएको भए पनि एकाएक वार्ता असफल भएको थियो । सचिवस्तरीय वार्ता टोलीसँग विधेयकका सम्बन्धमा कुनै पनि म्यान्डेट नभएको भन्दै डा. केसी पक्षधरले वार्तामा बस्न अस्वीकार गरेका थिए ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा लगायतका टोलीलाई बालुवाटार बोलाएका थिए । सोही वार्तामा सहमति जुटेको छलफलमा सहभागी एक नेताले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस