पौष २०, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा किजाकेथिल नौसाद छन् ।
यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । तर, विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरलाई बताए । यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट दुई सय ग्राम हिरा बरामद भएको छ ।