मन्त्रालयलाई ट्र्याकमा हिंडाउन सुरु : स्वास्थ्यमन्त्री ढकाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २१, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस २१,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा भईरहेको अव्यवस्थित फाइलिङ पद्धतीलाई व्यवस्थित बनाउन आफु सक्रिय रहेको बताएका छन ।

अनलाइनकेन्द्र डटकमका प्रधान सम्पादक राज ढुंगानाले मन्त्रालयमा गरेको कुराकानीमा उनले अहिलेसम्म मन्त्रालयमा आएका फाईलहरु कुनैपनि व्यवस्थित रुपमा नरहेको बताउदै कुन फाईल कुन व्यक्तीसंग हुने ? कुन फाईल कहाँ पुग्ने भन्ने नै थाहा नहुने अवस्था रहेको जानकारी गराए ।

विधिसम्मत ढंगले मन्त्रालय अघि बढ्दैछ

उनले मन्त्रालयमा महत्वपुर्ण फाईल समेत बेवारिसे अवस्थामा रहका कारण अव कसको फाईल कहाँ पुगेको छ भन्ने जानकारी गराउन फाईल सिस्टमको व्यवस्थापन गम्भिर ढंगले गर्ने बताए । उनले भने–पहिला त म मन्त्रालय भित्रको व्यथिती हटाउन लागी परिरहेको छु ।, जसले गर्दा जनताले मन्त्रालयभित्रबाटै परिवर्तन देखुन् । उनले कुराकानीमा आफु भन्त्री भएर आएपछि धेरै काम भएको भन्दै पाटन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुर्णता पाएको र अन्य प्रतिष्ठानहरुमा पनि पुर्णता दिने जिकिर गरे ।

मन्त्री ढकालले मन्त्रालयका शाखा र महाशाखाहरुमा विधिसम्मत ढंगले काम गर्ने वातावरण बनाउन लागिएको बताए । उनले आफु आउनुभन्दा अघि स्वास्थ्य मन्त्रालय विधिसम्मत ढंगले अघि बढ्न नसकेको समेत दावी गरे । कर्मचारी समायोजनले पुर्णता कहिले पाउछ ? भन्ने प्रश्नमा मन्त्री ढकालले भने–मैले कर्मचारी समायोजनलाई मुख्य प्राथामिकतामा राखेको छु , सबैको चित्त त बुझाउन सकिन्न, तर सकेसम्म सबैलाई न्याय हुनगरी यो समायोजन प्रक्रिया टुङ्गिन्छ । अहिले खासमा समस्या कर्मचारीहरु खटाएको ठाँउमा नजाने र सुगम मात्रै खोज्ने प्रवृतीका कारण समस्या भएको भन्दै यस्तो प्रवृतीलाई आफुले रोक्ने बताए ।

कर्मचारीको जिम्मेवारी हेरफेर गर्न लागेको खुलासा

मन्त्री ढकालले मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर समेत गर्न लागेको खुलासा गरे । उनले लामो समय एउटै शाखा वा महाशाखामा रहदा कर्मचारीमा लापरवाही र मनोमानी चल्ने अवस्था रहेकोले कर्मचारीको जिम्मेवारी हेरफेर चाँडै हुने बताए । मन्त्री ढकालले कर्मचारी समायोजन पछि पुर्णता दिन बाँकी रहेका काउन्सिलमा पुर्णता दिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस