भक्तपुरको बिकासमा सांसद बस्नेतको जोड, ६८ वटा सडक आयोजनको काम शुभारम्भ (सूचीसहित)

Post Thumbnail

पौष २१, भक्तपुर । लामो समयसम्म विकासमा पछि परेको जिल्ला भक्तपुरले पछिल्लो समय भने व्यापक मात्रामा विकास र समृद्धिको ढोका खुलेका छन् । विगतका जनप्रतिनिधिले भक्तपुरको विकास र समृद्धिको पक्षमा पहल कदमी नलिनु नै जनताको विकास प्रतिको चाहना पुरा गर्न नसक्नु हो । तर वर्तमान निर्वाचित जनप्रतिनिधिका कारण अहिले दैनिक रुपमा एक वटा उद्घाटन वा शिलान्यास हुने गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा यो आर्थिक वर्षमा जनचाहना र आवश्यकता अनुसार केन्द्र सरकारको तर्फबाट नै सयौं योजनाहरु परेका छन् । जसमा यो आर्थिक वर्षमा ६८ वटा भन्दा बढी सडकका आयोजनाहरु केन्द्रीय सरकार अन्तर्गत निर्माण प्रारम्भ हुदै छन भने धेरै शुरू भईसकेका छन ।

राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यवद्धता भन्ने मुल सिद्धान्तलाई मूख्य रुपमा आत्मसात् गर्दै सांसद बस्नेतले भने, ‘समग्र भक्तपुरको विकास र समृद्धिको विगत, वर्तमान र भविष्यको वारेमा विश्लेषण गर्दै योजनावद्ध रुपमा आगामी दिनमा आधुनिक र समृद्ध भक्तपुरका योजनाहरु जनतामाझ लैजानु अहिलेको अपरिहार्यता हो । विगतका जनप्रतिनिधिका कारण भक्तपुर विकासले तिर्खाउनु भएको थियो तर अब त्यो दिन क्रमिक रुपमा आगामी दिनमा भक्तपुरका जनताले विकासको तिर्खा मेट्ने गरी काम अघि बढेका छन् । विगतमा भक्तपुर विकासको दृष्टिकोणले बत्तीमुनीको अध्यारो जस्तै भएर बस्नु पर्यो । अब त्यो दिन सकिँदै गयो । भक्तपुर विकास र आर्थिक समृद्धि विना वस्न सक्दैन । संघियताको कार्यान्वयनसँगै तीनवटै सरकारले भक्तपुरको विकासलाई मूख्य केन्द्रको रुपमा राखेका छन् । जसको पुलको रुपमा मेरो भूमिका रहन्छ । विकासको सारथीको रुपमा रहन्छ । जनतको चाहना र आवश्यकतालाई मध्यनजर गरी विकासको गतिलाई तिव्रता दिन्छु ।’

यसै क्रममा संघिय सरकारको तर्फबाट रु एक करोडको बजेटमा सूर्यविनायक पुरानो बसपार्क ट्रलि बसपार्क सुन्दर बस्ति पाण्डु बजार सडक शिलान्यास भएको छ ।

सडक, ढल, खोनेपानी, सरसफाई, सांस्कृतिक तथा धार्मिक संम्पदाको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको विकासको लागि समेत सांसद बस्नेतले विशेष भूमिका निर्वाह गरीरहेका छन् । भक्तपुरलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सम्पन्न गराउने लक्ष्यका साथ देशमा नै रोजगारीको वातावरण सिर्जना तथा आर्थिक समृद्धिका आयामहरुलाई समेत व्यापक मात्रामा पहिचान गरी योजनाहरु अघि बढाएका छन् ।

सांसद बस्नेतकै नेतृत्वमा भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत अघि बढिरहेका छन् । अन्तराष्ट्रिय रंगशाला, प्राणी उद्यान केन्द्र, आधुनिक सुविधा सम्पन्न सभागहृ, आधुनिक वीर अस्पताल, सुरुङ मार्ग, सूर्यविनायकदेखी धुलिखेलसम्मको अरनिको राजमार्गलाई ६ लेनको बनाउने कार्य, हनुमन्ते तथा मनोहरा करिडोरलगायतका धेरै योजनाहरु निर्माणको प्रकृयामा रहेका छन् ।

आर्थिक वर्ष २०७६र०७७ सालमा सांसद बस्नेतको नेतृत्वमा केन्द्र सरकारबाट भक्तपुर क्षेत्र न २ अंतरगतका योजनाहरु निम्नानुसार रहेका छन्,-

१ ठिमी गाम्चा तर्खगाल सडक – ६ करोड
२ नाला सडक सल्लाघारी भंगाल सडक – ६ करोड
३ सूर्यविनायक पुरानो बसपार्क ट्रलि बसपार्क सुन्दर बस्ति पाण्डु बजार सडक – १ करोड
४ कौशलटार बालकोट विरुवा सडक – ६ करोड
५ पाण्डुबजार कटुन्जे गुण्डु सडक – ५ करोड
६ गुन्डु बसपार्क पिपलडाँडा दधिकोट जाने सडक – ५ करोड
७ सूर्यविनायक पाइलटबाबा ध्याम्पे डाँडा सडक – ५ करोड
८ ठिमी चार दोबाटो बालकोट चोक सडक – ५ करोड
९ साई गणेश मन्दिर चर्खण्डी पात्लेटार बिरुवा सुनपा ४ र १ वडा – ३० लाख
१० ओम शान्ति कालिटार सुंयाल गाँउ चर्खण्डी – ३० लाख
११ भातेढिकुरो दिब्य डाँडा खड्का गाँउ बाघ सिंह मार्ग वडा कार्यालय सूनपा ९ – ३० लाख
१२ सल्लाघारी ख्यूटोल बनाचौर राउत गाउँ हाती गौडा – ३० लाख
१३ अरनिको राजमार्ग चुनदेवि तीनधारा जन स्वास्थ्य कोल डाँडा – ३० लाख
१४ भातेढिकुरोबाट नन्दिकेश्वर महादेव जाने सडक – ३० लाख
१५ सूर्यविनायक भुजुंगे सडक ९गुण्डु स्वास्थ्य चौकी खण्ड० – ३० लाख
१६ थिमि ल कलेजबाट पूर्व हिन्चोक सूनपा ४ – २५ लाख
१७ थिमि गाम्चा तर्ख गाल कालिका डाँडा रानिकोट – ३० लाख
१८ संगम मार्ग – ताथली सडक – ३ करोड
१९ आदर्श बसपार्क वडा कार्यालय घाम्पेडाडा सडक – ४ करोड
२० हिमचोक, गुन्डु , तिथली सडक – १ करोड ६० लाख
२१ ठिमी ट्रसपुल गणेश प्रा।वि बालकोट पानी ट्यांकी महेन्द्र शान्ति सडक – ५ करोड
२२ बलकोट गोदावरी महेन्द्र शान्ति चित्रपुर दधिकोट चोक सिकारीटार कृष्ण मन्दिर तर्खगाल अनन्तलिङ्गेश्वर खड्का गाउँ कालिका डाँडा धोविखोला रानीकोट सडक – ४० करोड
२३ डोलेश्वर चक्रपथ सडक – २३ करोड
२४ पलासे – डोलेश्वर सडक – १७ करोड
२५ बोडे टिकिनी सडक – ५० लाख
२६ बाप्पामहादेव – नगरपालिका जाने सडक – ५० लाख
२७ अरनीको राज मार्गबाट हनुमन्ते खोला सडक मनोहरा – १ करोड
२८ लोकन्थली मनोहरा पुलदेखि टिकाथली सडक – २५ लाख
२९ नागबेलीदेखि खस्याङ्ग खुसुङ्गं बोडे खण्ड सडक – ३० लाख
३० सूर्यबिनायक, गणेशस्थान कृष्णमन्दिर सडक – ३ करोड
३१ विरुवा एनसेन टावर हुँदै कलिकाटार जाने सडक – १ करोड
३२ तर्खागाल भुजुंगे सडक – ३ करोड ३० लाख
३३ सूर्यविनायक दार्जीलिंग हाईट सडक – १ करोड
३४ सिर्जनानगर कटुन्जे सडक – ३ करोड
३५ सल्लाघारी कटुन्जे सडक – ३ करोड

चाँगुनारायण नगरपालिका

१ भत्केको पाटि जितपुर चरेली कलमसी नगरकोट बैकल्पीक सडक – १ करोड
२ गेलालगाउँ ज्योर्तिलिङ्गेश्वर सडक – १ करोड
३ चाँगुनारायण द्रुतमार्ग – १ करोड
४ कमलविनायक सुडाल अधिकारी गाउँनगरकोट सडक ९दोहोरिएको० – १ करोड
५ कमलविनायक ओमकारेश्वर मन्दिरदेखि पाइपलाइन सडक – १ करोड
६ भक्तपुर नगरकोट देउपुर हिगुवा पाटी काभ्रे सडक – १ करोड
७ मुलसाँघु दक्षीणकाली मन्दिर ठुल ढुङ्गा सडक ८ – ३० लाख
८ बाँसबारी हेल्थपोष्ट वडा कार्यालय ७ – ३० लाख
९ मुलपानी गाँउडोल नगरकोट सडक ४ – ५० लाख
१० भुतेखहरे करिडोर गाउडोल ज्योतिरलिङ्गेश्वर पकौनेपाति दक्षिणकाली खरिपाटी ४ – ३० लाख
११ इन्द्रेडी पौवा सडक – २० लाख
१२ ढुङ्गाँना गाँउ पोखेली गाँउ ज्योतिरलिङ्गेश्वर ४ – ७० लाख
१३ मनदेव क्लब चापाख्वाल रिफेल डाँडा पौवा सडक ४ – १५लाख
१४ पिपलबोट ताजमोट जाने बाटोमा कल्भट रिटेनिङ्ग वाल ४ – १५लाख
१५ बाँसवारी बागेश्वरी पुरानो हेल्थपोष्ट गा।वि।स भवन जाने सडक
१६ भक्तपुर जिल्लाचानपा ३ क्षेत्रपाल सडक तथा नाला
१७ चाँनपा गेलाल गाँउ देखि ज्योतिलिङ्गेश्वर महादेवस्थानसम्मको सडक तथानाला स्तरोन्नतीकार्य
१८ चाँनपा ८ भञ्ज्याङदेखि परमहंश आश्रम जाने सडक तथा नाला स्तरोन्नती ९दोहोरीएको०
१९ चाँनपा ५ श्रीवन पंचलक्ष्मी उद्यान निर्माण कार्य
२० चाँनपा ४ बसपार्क निर्माण कार्य
२१ चाँनपा ५ छालिङ्ग प्रतिष्ठानदेखि ब्रम्हकुमारी राजयोग केन्द्र नागडोल सडक स्तर उन्नती
२२ कमलविनायक कलमसी सुडाल सडक निर्माण
२३ चाँनपा ज्योर्तिलिङ्गेंश्वर डोल्छी नारायणटार डिहि न्यौपाने गाउँ सडक स्तरोन्ती
२४ चाँनपा ५ छायाँ बस्ती सडक स्तरोउन्नती
२५ चाँनपा ७ बाँसवारी पानी टैंकीदेखि कुसलटार हुँदै मुहानपोखरी जाने सडक स्तरोन्नती
२६ सघन सहरी विकास नगरकोट नपा ८ भद्रकालीबाट पगरीटोल हुँदै सुडाल ताथली जोड्ने सडक स्तरोन्नती दोस्रो चरण
२७ चाँनपा सडक ढल लगायत एकीकृत शहरी पुवार्धार निर्माण कार्य
२८ चाँनपा २ मेनरोडबाट के।सी टोल राधा कृष्ण सत्सगभवन, नयाँ वडा कार्यालय जाने बाटो तथा नाला स्तरोन्नती
२९ चाँनपा ८ भञ्ज्याङदेखि परमहंश आश्रम जाने सडक तथा नाला वडा ८ चरेली हुदै खड्का डिल बालमिकेश्वर स्कुलसम्मको बाटो स्तरोन्नती
३० चाँनपा ३ झौखेल आचार्य टोलबाट यापी भैरव हुदै भक्तपुर नगरपालिका जोड्ने सडक स्तरोउन्नती
३१ चाँनपा ३ झौखेलको वापो पुल खस्याङ्ग खुसुंङ्ग खोलदेखि उत्तर मिलि टोल हँुदै भटा चोकसम्मको सडक विस्तार तथा स्तर उन्नती
३२ सहरी सडक विस्तार कार्यक्रम अन्र्तगत चाँनपा ३ खरिवोट डाँडाघर सडक स्तरोन्नती
३३ चाँनपा १ कासुला टोल नयाँवस्ती सडक स्तरोन्नती कार्य

यी बाहेक अन्य धेरै आयोजना निर्माणको चरणमा रहेका छन भने कतिपय निर्माण सम्पन्न भईसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस