पौष २१, काठमाण्डौँ । प्रदेश नम्बर ३ को नामका बिषयमा सर्बत्र चर्चा चलिरहेको समयमा सत्तापक्षबाटै पनि बिरोध भईरहेको छ । यसैक्रममा आज काठमाण्डौँको माईतीघर मण्डलामा पनि प्रदर्शन गरिएको छ ।
नेवा तामसालिङ समन्वय समितिले प्रदेश ३ को नाम बाग्मती प्रदेश राख्ने निर्णयको विरोधमा प्रदर्शन गरेको हो । समितिले प्रदेशको नाम बहुपहिचानको आधारमा नेवा तामसालिङ घोषणा गर्नुपर्ने माग अगाडी सारेको छ । बागमती प्रदेश कुनै पनि हालतमा स्वीकार्य नहुने समितिले जानकारी दिएको छ ।
नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले केपी ओली नेतृत्वको सरकारले दुई तिहाइको दम्भ देखाएर मनोमानी ढङ्गले प्रदेशको नामाकरण गर्न खोजेको आरोप लगाएका छन् ।