पौडेल-सिटौला पक्षका जिल्ला सभापतिहरू केन्द्रीय कार्यालय सानेपामा भेला

Post Thumbnail

पौष २१, काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरूको भेला सुरू भएको छ । सभापति शेरबहादुर देउवासँग देखिएको पछिल्लो विवादबारे छलफल गर्न वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिको भेला डाकेका हुन् । भेलामा ४० बढी जिल्लाका सभापतिहरू सहभागी छ ।

पूर्वमहामन्त्री सिटौला भने भेलामा आएका छैनन् तर उनी पक्षीय केन्द्रीय सदस्यहरू भने उपस्थित छन् । देउवाले गत पुस ११ गते बहुमतका अधारमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल र सिटौला रूष्ट छन् । मंसिर २६ देखि पौडेल केन्द्रीय समिति बैठकमा पनि गएका छैनन् । सेतोपाटीबाट साभार गरिएको समाचार ।

सभापति देउवाले केन्द्रीय समितिबाट एकलौटी रूपमा गरेको निर्णय सच्याउन पौडेल, महामन्त्री शशांक कोइराला र छुट्टै गुट चलाइरहेका सिटौलाले माग गर्दै आएका छन्।
सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन सोमबार जिल्ला सभापति भेला राखिएको हो । भेलामा पौडेल समूहका केन्द्रीय सदस्य सहभागी छन् । सभापति देउवा समूहका जिल्ला सभापति भने भेलामा सहभागी भएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस