भूकम्पपछिको पुनःनिर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २२, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । भूकम्पपछिको पुनःनिर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा पुनःनिर्माणमा हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार लाख ८० हजार ८९१ घरको निर्माण सम्पन्न भएको जानकारी दिएका छन् ।

भूकम्पले भत्किएका ८ लाख १६ हजार ४ सय ७१ घर पुनःनिर्माण गर्नुपर्नेमा सात लाख ८० हजार १ सय ६५ परिवारले अनुदान सम्झौता गरेको उनले बताए । सात लाख ७० हजार २ सय ६१ भूकम्पपीडितले पहिलो किस्ताको ५० हजार बुझेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस