पश्चिमी न्युन चापीय प्रणाली नेपाल प्रवेशका कारण चिसो बढ्यो, हिमपात र वर्षाको सम्भावना

पौष २२, काठमाण्डौँ । पश्चिमी वायुका कारण मौसम बदली हुँदा आज नेपालका पश्चिमी क्षेत्र र भोलि राजधानी काठमाडौं लगायतका क्षेत्रमा पानी पर्ने पूर्वानुमान गरिएको छ । इरान र अफगानिस्तान हुँदै जम्मु–कश्मीरमा विकसित भएर नेपाल छिरेको यो चिसो वायुले आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ समेत पार्नेछ ।

पश्चिमी वायु अहिले सुदुरपश्चिम क्षेत्रबाट पूर्वतर्फ सरिरहेको छ। यसैकारण आज पश्चिम क्षेत्रको मौसम पुरै बदली हुने र पूर्वमा पनि घाम–छायाँको अवस्था हुने मौसमविद्हरुले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मध्य र पूर्वी क्षेत्रका केही स्थानमा बर्षा समेत हुनेछ । भोलि बुधबार भने काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । शुक्रबारसम्म सक्रिय रहने यो मौसम प्रणालीले पानी र हिउँ पर्ने तथा चिसो अत्याधिक बढाउनेछ ।

संम्बन्धित समचार

Leave a Reply