राष्ट्रिय एकसिंगे गैंडा गणनामा ३० देखि ४० हात्ती प्रयोग गर्ने तयारी, कसरी हुन्छ गणना ?

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ पौष २२, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । आगामी चैतसम्म सुरु हुने राष्ट्रिय एकसिंगे गैंडा गणनामा ३० देखि ४० हात्ती प्रयोग गर्ने तयारी भएको छ । एउटा हात्तीमा दुईदेखि तीन जनशक्ति खटाएर क्यामरा ट्र्यापिङ लगायतका माध्यमबाट गणना गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराईका अनुसार १४० देखि १५० जनशक्ति प्रयोग गर्ने तयारी भएको छ । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा निकुण्जमा गैंडा पाइन्छ ।

चितवन–पर्सा, बर्दिया र शुक्लाफाँटा गरी तीन ब्लक बनाएर गणना गर्न लागिएको हो । क्यामरा, जीपीएस, डाटा सिटलगायतका उपकरण गणनाक्रममा प्रयोग गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस