सिड्नीमा नेपाल भ्रमण वर्ष अभियान सुरु, सुरक्षाकर्मीले रोकेको कुरा गलत

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ पौष २२, मंगलबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको उपस्थितिमा भ्रमण वर्ष कार्यक्रम सुरु भएको हो ।

नेपाली राजदुतावासको आयोजना तथा गैरआवासीय नेपाली संघसहितको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम गरिएको हो । देशभर फैलिएको डढेलो आक्रान्त अष्ट्रेलियामा यो बेला भ्रमण वर्ष अभियान चलाउनु बेठीक हुने टिप्पणी भइरहेका बेला मन्त्री भट्टराई त्यहाँ पुगेका थिए । यसैबीच सिड्नीको सर्कुलर क्‍वेदेखि ओपेरा हाउससम्म जाने क्रममा नेपाल भ्रमण वर्षको र्‍यालीलाई त्यहाँका सुरक्षाकर्मीले रोकेको कुरा गलत भएको मन्त्री भट्टराईले नै जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस