पौष २२, काठमाण्डौँ । हाम्रो शरीरमा करीव ६ सय पचास वटा मांशपेशीहरु हुन्छन् । र, प्रत्येक मांशपेशीका आफ्नै निश्चित कामहरु हुन्छन् । हाम्रो शरीरको तौलको करीब ४० प्रतिशत भाग त मासु नै हुन्छ ।
मासु फर्कनु भनेको के हो
कहिलेकाहीं हाम्रो खुट्टाको छेपारी नली हाडको पछाडी,घुँडामुनिको मासु सहनै नसक्ने गरी दुख्छ । त्यसलाई मासु फर्केको भनिन्छ । यस्तो पीडा कैयन मिनेटसम्म पनि भइरहन सक्छ ।
कहिलेकाही हाम्रो शरीरको मासु आकस्मिक रुपमा खुम्चन्छ । त्यस्तो बेलामा हामीले अति नै दुख्छ । यही स्थिति भनेको नै ‘मासु फर्केको’ हो । यसरी ‘मासु फर्केको’ ठाउँको हड्डीमा र मासुमा अत्यन्तै ठुलो तनाव भै रहेको हामीलाई महशुस हुन्छ । हाम्रो ‘मासु फर्केको’ भाग मासु पहिलेकै अवस्थामा नअएसम्म त्यो कायमै रहन्छ ।