सरकार–केसी वार्तामा गाँठो अझै फुकेन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १०, बिहिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । सरकार र डा. केसीबीच भएको भनिएको सहमतिले आज अन्तिम रुप पाउन सकेन ।

काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने कि नलगाउने भन्नेमा सहमति हुन नसकेको हो ।

१० वर्षे आशय पत्र नदिन दुबै पक्ष सहमत भएका छन् । तर, सम्बन्धनको हकमा प्रतिबन्ध लगाउन सरकार तयार नभएको डा. केसीको वार्ता टोलीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

डा। केसीले भने यो माग पूरा नहुने हो भने आफ्नो अनसन जारी रहने बताएको वार्ता टोलीका सदस्य डा। सुरेन्द्र भण्डारीले बताए । उनले भने, ‘डा. केसीको अडान १० वर्षसम्म सम्बन्धन दिनु हुँदैन भन्ने छ । सरकारले १० वर्ष हटाइनुपर्छ भन्ने छ । यही कुरामा वार्ता अड्किएको छ ।’

यसबारे छलफलका लागि फेरि बालुवाटार बोलाइएको वार्ता टोली संयोजक डा। अभिषेकराज सिंहले जानकारी दिए ।
वार्तामा सम्बन्धनको एउटा विषयलाई इगो नबनाउन र माग सम्बोधन गर्न आग्रह गर्ने भण्डारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस