असन्तुष्ट समूहको निरन्तरको दबाब पछि निर्णय सच्याउन देउवा तयार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २३, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष २३, काठमाण्डौँ । कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार देखिएका छन् । असन्तुष्ट समूहले केन्द्रको आफ्ना तर्फको दबाबबाट नपुगेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूलाई बोलाएर निर्णय फिर्ता गर्न दबाब दिँदै आएका बेला सभापति देउवाले निर्णय सचयाउन लचकता देखाएका हुन् ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले पार्टी केन्द्रीय समिति बैठकमार्फत भएको निर्णयमा केही परिमार्जन गर्न सभापति तयार रहेको बताए । सहमहामन्त्री महतले पार्टीको बैठकबाट भएका विषयलाई बैठकबाट नै सच्याइने बताए ।

तर त्यसका लागि बैठकमा आउन असन्तुष्ट समूह तयार रहनुपर्ने बताए । सभापति देउवाले केन्द्रीय समितिबाट भएको सच्याउँदा नेपाल विद्यार्थी संघ र तरुण दलको विषयलाई समेत सँगै टुंग्याउने मनस्थिति बनाएका छन् । कांग्रेस काठमाडौं सभापति सबुजकृष्ण बानियाँले बैठकमा केही जिल्ला सभापतिले धारणा राख्न बाँकी रहेका कारण बुधबारसमेत निरन्तर बैठक चल्ने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस