नुवाकोटमा गोरु जुधाई : २३ गते सम्म १० जोडी गोरु संकलन, पुरस्कार केके छन् ?

Post Thumbnail

सन्तोष सुवेदी

पौष २३, नुवाकोट । नुवाकोट जिल्लाको पहिचानको रुपमा रहेको गोरु जुधाई मेला यसपाली पनि दुई स्थानमा हुन गईरहेको छ । नुवाकोटको तारुकामा परापुर्वकालदेखि गोरु जुधाउँदै आएकोमा यसपाली पनि समिती बनाएर मेलाको भब्य तयारी भईरहेको छ ।

यस्तै नुवाकोटकै वेत्रावतिमा पनि गोरु जुधाई मेलाको भब्य रुपमा तयारी भईरहेको आयोजक गोसाईकुण्ड युवा क्लवले जानकारी दिएको छ । मेला ब्यबस्थापनका लागी पूर्णबहादुर डँगोलको सँयोजकमा बिभिन्न समिती गठन गरिएको गोरु ब्यबस्थापन तथा छनौटको जिम्मा पाएका अष्टमान डँगोलले बताए । बुधबार सम्म १० जोडी गोरु सँकलन भएको र माघ १ गते सम्म करिव १२ हल भन्दा बढी पुग्ने उनले बताएका छन् ।

गोसाईँकुण्ड युवा क्लवको आयोजना तथा बेत्रावति बिकास समीतीको सँयोजनमा हुन लागेको गोरु जुधाई मेलामा प्रमुख अतिथीका रुपमा नुवाकोट बिदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित तथा बिशेष अतिथीमा नगरका उपप्रमुख गीता दाहाल र रसुवा उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्साल आउने भएका छन् । मेलामा ल्याउने गोरुहरुका लागी बिषेश आकर्षक पुरस्कार पनि तोकिएको छ । मेलामा प्रथम हुने गोरुलाई रु ५ हजार प्रदान गरिने छ भने दोस्रो हुने गोरुलाई ४ हजार दिईनेछ । यसैगरी गोरुको सिङ् भाँचिए, गोरु घाईते भए २ हजार दिईने र गोरु मर्ने स्थिती सम्म पुगे २० हजार प्रदान गरिने निर्णय भएको गोरु छनौट समितीका अष्टमान डंगोलले बताए ।

यसैगरी मेलामा जम्मा हुने गोरुहरुको अबस्था हेरी उत्कृष्ट रुपमा पालनपोषण भएको गोरु धनी कृषकलाई नगद रु २ हजार समेत हौसला स्वरुप प्रदान गरिने उनले बताएका छन् । पहिलेदेखि चलिआएको चलनलाई अझै पनि जोगाई राख्न यसरी समिती नै बनाएर अगाडी बढेको गोरु ब्यबस्थापन उपसमितीका सँयोजक पूर्ण बहादुर डँगोलले बताएका छन् ।
पर्यटन बर्ष २०२० लाई मध्यनजगर गर्दै गोरु जुधाई मेलामा बिभिन्न नाच, हास्यब्यङ्ग तथा कलाकौशलहरु देखाईने जनाईएको छ । मेलामा आउने पर्यटकहरुको लागी मध्यनजर गर्दै बिभिन्न खालका कार्यक्रमहरु राखिएकाले मेलामा सबैलाई आमनत्रण गरिएको समेत आयोजक गोसाईकुण्ड युवा क्लवले जानकारी दिएको छ ।

यसैक्रममा नुवाकोटको तारुकामा मनाइने गोरुजुधाइका लागि मेला व्यवस्थापन समिति गठन भएर तिब्र रुपमा काम भईरहेको छ । गोरु पालक किसान भोजबहादुर भण्डारीको अध्यक्षतामा १२ सदस्यीय मेला सञ्चालन समिति गठन भएको समितिका सचिव केशव रिमालले जानकारी दिए । माघ १ गते हुने गोरुजुधाइको तयारीका लागि समिति गठन गरी काम अगाडि बढाइएको छ । समितिको कोषाध्यक्षमा मदन श्रेष्ठ, सदस्यहरूमा चन्दमान श्रेष्ठ, विष्णु श्रेष्ठ, कृष्णमान श्रेष्ठ, चूडाबहादुर बखेल, शिवराम अधिकारी, बदी प्रसाद ढकाल, लक्ष्मण प्रधान, राजकुमार श्रेष्ठ र अर्जुन भण्डारी रहेको समिति गठन गरिएको हो । यस वर्ष पनि मेलाका लागि स्थानीय किसान २० हल गोरु भिडाउने तयारीमा लागेका छन् ।

यो पनि हेर्नुहोस् :

नुवाकोटको तारुकामा गोरुजुधाइका लागि मेला व्यवस्थापन समिति गठन, बेत्रावतीमा पनि भब्य तयारी

ताजा अपडेट

खोजी गर्नुहोस