पौष २३, काठमाण्डौँ । झापाको बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिले २० करोड घुस मागेको भनेर आरोप लगाएका छन् ।
उपाध्यक्ष गिरिले आफुलाई काठमाडौंको द्वारिका होटलमा भेट गर्न बोलाइ मेडिकल कलेज संचालन गर्नका लागि भन्दै मंसिर १५ गते २० करोड घुस मागेको आरोप प्रसाईले लगाएका हुन् ।
बिर्तामोडमा सञ्चालित बीएन्डसी कलेजको सबन्धनका लागि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा।डा। श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका हुन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर प्रसाईंले उक्त कुरा सार्वजनिक गरेका हुन् । सरकारले गत भदौमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा।डा। गिरीलाई नियुक्त गरेको थियो ।
फोटो : फाईल