धादिङको थाक्रे गाउँपालिका र मकवानपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

Post Thumbnail

पौष २३, धादिङ । धादिङ र मकवानपुरबाट अवैध लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । धादिङको थाक्रे गाउँपालिका ७ हाप्सेचौरस्थित त्रिभुवन राजपथबाट चरेससहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । करिब ४ सय ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका ६ बस्ने १७ वर्षीय अनिष मिजारलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले मकवानपुरबाट काठमाडौतर्फ आउँदै गरेको बा.२ ख ४९७२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा हातेझोलाभित्र लुएकार ल्याउँदै गर्दा उनी चरेससहित पक्राउ परेको प्रहरीले बताएको छ ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट १० किलो १ सय ८० ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई आज दिउँसो पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ सीएम् ६२४६ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा कारको डिकीभित्रबाट उक्त गाँजा बरामद भएको हो । उनीहरुको भने नाम खुलाईएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस