सत्तापक्षमै बिवाद भएपछि प्रदेश ३ को राजधानी र नाम यसरी टुंग्याइँदै

Post Thumbnail

पौष २४, मकवानपुर । प्रदेश नम्बर ३ को नाम र स्थायी राजधानीको बिषय पौष २६गते अथवा २७ गते सम्म निर्णयको नतजिा आउने भएको छ । प्रदेश ३ को नाम र राजधानीको विषयमा नेकपा प्रदेश ३ को संसदीय दलमा काभ्रे र हेटौँडा पक्षमा बहस भएता पनि प्रदेशसभामा जाँदा एकमत भएर जाने बताईएको छ । नेकपा प्रदेश ३ को संसदीय दलको बैठक भोलि बिहीबार बिहान हेटौँडामा बस्दै छ । बैठकले राजधानी र नामकरणको विषयमा भोलि एकमत भएर जाने भएकाले निर्णय आउने प्रदेशसभा सदस्य दीपक निरौलाले जानकारी दिए ।

यसअघि तीन दिनसम्म बैठक बस्दा पनि स्थायी राजधानीको विषयमा सहमति जुटाउन नसकेपछि बैठक स्थगित गरिएको थियो । दलको बैठकमा पार्टी सचिवालयको निर्देशनअनुसार सहमति जुटाउने प्रयास गरे पनि केही सांसदले विरोध जनाएपछि बैठकले निर्णय गर्न सकेको थिएन् ।

ताजा अपडेट

खोजी गर्नुहोस