पाम तेलमा भारतले प्रतिबन्ध लगायो, नेपालको निर्यातमा वार्षिक २८ अर्बको धक्का

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ पौष २४, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २४, काठमाण्डौँ । भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ । पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो । यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ ।

चालू आवको पाँच महिना साउन–मंसिर मा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ। कुल निर्यातमा पाम तेलको हिस्सा २४।२५ प्रतिशत थियो । पाम तेलको निकासी गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ थियो ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस