न्यून रक्तचाप भएमा के गर्ने ? अपनाउनुहोस् यी उपायहरु

Post Thumbnail

पौष २४, काठमाण्डौँ । उच्च रक्तचाप भएजस्तै कतिपयलाई न्यून रक्तचापको समस्या हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ । तपाईं वा तपाईंको कोही आफन्तजनलाई न्यून रक्तचापको समस्या छ भने तपाईले निम्न तरिका अपनाउन सक्नुहुन्छ ।

मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउँदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ। हरेक १० ग्राम रक्सि पिउँदा तपाईंको रक्तचाप १ एमएमएचजीले वृद्धि हुन्छ । तर न्यून रक्तचाप छ भन्दैमा कहिल्यै पनि मदिरा पिउने भूल नगर्नुहोस् । अत्याधिक अल्कोहलको मात्राले डिहाइड्रेसन ल्याउँछ र झन् रक्तचापको मात्रा घट्छ। बरु प्रर्याप्त मात्रामा पानी पिउनुहोस् जसले रक्त प्रवाह सशक्त र तीब्र हुन्छ । शरिरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भए पनि जोगिन सकिन्छ ।

नूनको मात्रालाई अनुगमन गर्नुहोसः रक्तचाप बढी भएको अवस्थामा निश्चय नै नुनको मात्रा घटाउनु बुद्धिमानी हुनेछ । तर रक्तचाप कमी भयो भन्दैमा नुनको मात्रा बढाउनु कदापि राम्रो होइन । नुनको मात्रा वृद्धि गर्दा यसले उच्च रक्तचापको खतरा बढाउँछ, अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउँछ । चिकित्सकले सुझाव दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ ।

आकस्मिक शारिरिक गतिविधि त्याग्नुहोस्ः आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्यून रक्तचापका लक्षणहरु भएकोले शरीरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी अपनाउनुहोस् । बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ । झटपट उठ्दा रक्तचाप न्यून भएको बेला आँखा धमिलो हुने वा दुर्घटना निम्तिन सक्छ । तसर्थ उभिनुभन्दा अगाडि पैतला र खुट्टालाई हल्का दबाउनुहोस् । ओछ्यानबाट उठ्नुअघि पनि ओछ्यानमा केही सेकेन्ड बसेरमात्र उभिनुहोस् ।

उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम खानुहोस्ः न्यून रक्तचाप भएका मानिसलाई सामान्यतया उच्च कार्बोहाइड्रेडयुक्त खानेकुरा खान सुझाव दिइँदैन । कार्बोहाइड्रेडयुक्त खानेकुरा घटाउँदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन पोस्टपेन्डियल घट्छ ।

तातो पानी र स्टिम नलिनुहोस्ः लामो समयसम्म तातो पानीले नुहाउँदा वा वाफ लिँदा आँखा धमिलो हुने र हल्का टाउको दुख्छ । तसर्थ आरामदायी वाथ ट्युबमा सुतेर तातो पानीले ननुहाउनुहोस् । बरु यसको सट्टा कुर्चीमा बस्नुहोस् । सकभर कुर्चीमा बसेर नहुाउनुहोस् । कुर्चीबाट उठ्दा पैतला तथा खुट्टालाई एक पटक हल्का दबाएर मात्र उठ्नुहोस् ।

बारम्बार खाना खानुहोस्ः रक्तचाप न्यून भएका मानिसहरुमा खाना खाएपछि हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्या हुने भएकोले एकैपटक धेरै खाना नखानुोस् । बरु हरेक दुई दुई घण्टामा थोरै थोरै खानुहोस् । नेपाल लाईभबाट

ताजा अपडेट

खोजी गर्नुहोस