स्वतन्त्रतामा आफैं काम गर्ने भन्दै राजकुमार ह्यारीले राजगद्दी त्यागे

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष २४, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २४, कामाण्डौँ । बेलायतकी महारानी एलिजाबेथका नाति राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट बाहिरिने निर्णय गरेका छन् । उनीहरुले राजपरिवारबाट अलग्गिएर आफुलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन आफैं काम गर्ने बताएका छन् ।

राजकुमार ह्यारी र मेगनले एक बयान जारी गरेर अब उत्तरी अमेरिमा र ब्रिटेनमा आफ्नो समय बिताउने बताएका छन् । बीबीसीका अनुसार उनीहरूले उक्त निर्णय लिनुअघि शाही परिवारका कुनै पनि सदस्यसँग सल्लाह लिएका थिएनन् । उनीहरुको यो निर्णयले शाही परिवार निराश भएको बताइएको छ । यो घटनाले राजपरिवारका वरिष्ठ सदस्यहरूलाई दुखी बनाएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस