हेलो नेपालसहित २ मोबाइल सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेजीको निर्णय बदर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २४, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाण्डौँ । नेपाल स्याटेलाइट टेलिकम हेलो नेपाल र मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमको अनुमतिपत्र लाइसेन्स खारेज नहुने भएको छ । लाइसेन्सको रोयल्टीको बक्यौता रकम नतिरेपछि भदौ १३ मा नेपाल दूरसञ्चार प्राधिरकणले दुवै कम्पनीको लाइसेन्स खारेजीको निर्णय गरेको थियो ।

सरकारलाई स्मार्ट टेलिकमको भदौसम्म २ अर्ब ३२ करोड बक्यौता छ । हेलो नेपालले पनि ८२ करोड रुपैयाँभन्दा बढी तिरेको छैन । वेबसर्फरले तीन करोड ९० लाख बक्यौता तिर्न बाँकी छ ।

गएको सोमबारको मन्त्रिपरिषद् बैठकले यी दुईसहित इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर गरेको हो । सरकारको साप्ताहिक पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ५ वटा किस्ताबन्दीमा बक्यौता रकम तिर्ने सुविधा दिने गरी खारेजीको निर्णय बदर गरिएको जानकारी दिएका छन् । सरकारले आगामी असार मसान्तसम्म बाँकी बक्यौताको पहिलो किस्ता तिर्न तीनै कम्पनीलाई सुचित गरेको छ । बाँकी ४ किस्ता प्रत्येक आवको असार मसान्तसम्म तिर्न भनिएको छ । उनीहरुले तोकिएको समयमा बक्यौता तिरे भने लाइसेन्स जोगिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस