पौष २५, काठाण्डौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा कम्प्युटरबाट दिन मिल्ने प्रावधान आउने भएको छ । यातायात व्यवस्था विभागले हाल भइरहेको लिखित परीक्षामा अनियमितता भएको निष्कर्ष निकाल्दै लिखित परीक्षा कम्प्युटराइज्ड प्रणालीबाट गर्ने व्यवस्था ल्याउने भएको हो ।
कम्प्युटराइज्ड प्रणालीबाट लाइसेन्सको परीक्षामा सहभागी परीक्षार्थीले हातले लेखेर परीक्षा दिनुपर्ने झन्झटबाट मुक्त हुुने तथा नतिजा थाहा पाउन धेरै समय कुर्नु नपर्ने भएको छ । कम्प्युटरबाटै परीक्षा दिन मिल्ने व्यवस्था भने केही महिनापछिबाट मात्रै कार्यान्वयनमा आउने विभागले जनाएको छ ।