श्रीस्वस्थानी व्रतकथा मेला आजदेखि सुरु, कथा भने/सुने मनोकांक्षा पूरा हुने बिश्वास

Post Thumbnail

पौष २५, काठमाण्डौँ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले गत शनिबार पुस १९ गते पत्रकार सम्मेलन गरी पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिएको थियो ।

यो पनि हेर्नुहोस् : 

शुक्रबारबाट श्रीस्वस्थानी ब्रत आरम्भ, कसरी लिने ब्रत ?

ताजा अपडेट

खोजी गर्नुहोस