पौष २६, काठमाण्डौँ । नेपाल चलचित्र संघको ४६औं साधरणसभाबाट मधुसुदन प्रधान अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन भएको छ । निवर्तमान द्वितिय उपाध्यक्ष प्रधानलाई सर्वसहमत अध्यक्षमा चयन गरिएको हो । तर, प्रधानले पूरै कार्यकाल नेतृत्व गर्ने छैनन् ।
आधा कार्यकाल बिरेन्द्र नारायण श्रेष्ठ अध्यक्ष रहनेगरी सहमति जुटेको हो । चलचित्रल हल र वितरकहरुको संस्था नेपाल चलचित्र संघको साधरणसभा सभाले १३ सदस्यीय निर्विरोध नेतृत्व चयन गरेको हो । सदस्यहरुबाट सहमतिकै आधारमा कार्य विभाजन हुनेछ ।