पौष २६, रसुवा । माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको काममा अबरोध आएको छ । निर्माणमा स्थानीयलाई बेवास्ता गरेको र निजी जग्गामा असर र्पुयाएको भन्दै स्थानीयले काम गर्न रोकेका हुन् ।
स्थानीयको अवरोधका कारण आयोजनाको तीन दिनदेखि काम अघि बढेको छैन । आयोजनाले सडक निर्माणको क्रममा घरधनीको अनुमति नलिइ सडक खनेको, मुआब्जा नदिएको र जनप्रतिनिधिका आफन्तलाई ठेक्का दिएको भन्दै विरोध स्थानीयले जनाएका हुन् । आयोजनाले माग सम्बोधन गर्नुको साटो वार्तामा बस्नसमेत नमानेपछि काम रोक्न बाध्य भएको स्थानीय छेकु लामाले बताए ।