जलविरेमा ठुलो पहिरो : नाराणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

Post Thumbnail

साउन ११,चितवन । पहिरोका कारण नाराणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । यो सडकखण्डको जलविरेमा केहीबेर अगाडि ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ ।

पानी परिरहेकाले तत्काल पहिरो हटाउन सकिने सम्भावना छैन । दुईतर्फी रुपमा नै गाडी अवरुद्ध हुँदा यो सडकखण्ड भएर यात्रा गर्ने यात्रु भने समस्यामा परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस