प्रदेश ३ ले नाम र राजधानी पायो, ‘वागमती र हेटौंडा’ दुई तिहाइ मतले पारित

Post Thumbnail

पुस २७,हेटौडा । प्रदेश ३ को नाम वागमती र स्थायी राजधानी हेटौंडा भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेशको नाम वागमती र स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

प्रस्तावमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस