सुचना प्रविधि विधेयक लोकतन्त्रको विश्वब्यापी सिद्धान्त र मान्यता विपरित : डा. शेखर कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष २७, आईतबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २७, काठमाण्डौ । आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा प्रस्ताव गरिएको सुचना प्रविधि विधेयक लोकतन्त्र तथा विधीको शासनको विश्वब्यापी सिद्धान्त र मान्यता विपरित रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा शेखर कोईरालाले बताएका छन् ।

एक प्रेस बिज्ञप्ती जारी गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रेस बिज्ञप्तीमा संविधानले ग्यारेण्टी गरेको नागरिकका बिचार अभिब्यक्ती स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायले ल्याउॅन लागेको यो विधेयक हामी कुनैपनी हालतमा स्विकार गर्न सक्दैनौं । सत्ता र शक्तिलाई लिखित, मौखिक वा सामाजिक संजालमा टिप्पणी गर्दा लेखक, पत्रकार, कार्टुनिष्ट, ब्यंग्यकार र सर्वसाधारण नागरिकलाई जेल हाल्ने कानुन ल्याईनु सर्वसत्तावादको पूर्वाभ्यास हो लगायतका कुरा उल्लेख गरिएको छ ।

जन आन्दोलनको जगमा स्थापित संघिय लोकतन्त्रिक गणतन्त्र कमजोर हुने काम जो कोहीबाट भए पनी त्यसको सशक्त प्रतिकार नेपाली कांग्रेसले गर्छ । नागरिक समाज, बुद्धिजिवी, पेशागत संघरसंस्थालगायत सम्पुर्ण नागरिकहरु यो विधेयकका बिरुद्धमा एक भएर उभिनुको बिकल्प छैन र यस बिषयमा अन्तराष्ट्रिय समुदायको पनी ध्यान जान जरुरी छ ।

यो विधेयक विपरित काम भएमा विश्वको जुनसुकै कुनाबाट पनि मुद्दा चलाउन सक्नेछ । प्रमाणिकरणको काम विदेशी कम्पनीले पनि पाउने भएपछि नेपाली तथ्यांकमा विदेशी कम्पनीको हालिमुहाली हुनसक्ने अवस्था पनि उत्तिकै छ । यो सबै हेर्दा लाग्छ शाही शासनको समयमा हल्ला चलेको विधयेक नै अहिले ल्याइएको झैं देखिन्छ । उनले प्रेस बिज्ञप्ती मार्फत प्रस्तावित विधेयक बिनासर्त तत्काल फिर्ता लिएर सरोकारवालाहरुसॅग भरपुर छलफल र परामर्श गर्न सरकारसॅग जोडदार आग्रह समेत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस