खेल पत्रकार श्याम चित्रकारलाई सम्मान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण ११, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन ११,काठमाडौँ । पाको नेपाल क्योकुसिन कराते संघले नेपाली खेलकुद पत्रकारितामा चार दशकदेखि क्रियाशील श्याम चित्रकारलाई सम्मान गरेको छ । नेपाल टेलिभिजनका पहिलो क्यामेरापर्सन समेत रहेका चित्रकारलाई संघले ताम्रपत्रसहित सम्मान गरेको हो ।

७७ वर्षीय चित्रकार अहिले पनि नेपाली खेलकुदमा फोटो र भिडियो पत्रकारका रुपमा कृयाशिल छन् । उनी स्पोरट्स न्युज पोर्टल नेप्लेज डटकमका सल्लाहकार पनि हुन् ।

पाको–नेपाल क्योकुसिन कराते संघले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री सेमिनारको समापनका अवसरमा चित्रकारसँगै अन्य व्यक्तिलाई पनि सम्मान गरिएको थियो । नेपाल खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, एभिन्युज टेलिभिजनका क्यामरापर्सन रवीन्द्रप्रसाद श्रेष्ठ लगायतलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ताम्रपत्र प्रदान गरेका थिए ।

दुई दिने प्रशिक्षणमा डेनमार्कबाट आएका दुई जना प्रशिक्षकले नेपाली खेलाडी तथा रेफ्रीलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षक फ्लेमिङ जिन्जेन सर्टर र केइज जुसी जेसेनले खेलाडी तथा रेफ्रीलाई प्रशिक्षण दिए । सेमिनारमा पचासभन्दा बढी खेलाडी तथा रेफ्रीको सहभागिता थियो ।

प्रशिक्षकले खेलाडीहरुलाई आत्मरक्षाका विभिन्न शैलीहरुको प्रशिक्षण दिएका थिए । यस्तै रेफ्री उत्पादन गर्ने उद्धेश्यले आयोजित सेमिनारमा युवा खेलाडीहरुलाई खेल खेलाउँदा अपनाउनु पर्ने विभिन्न सतर्कताको बारेमा प्रशिक्षण दिएका थिए ।

संघले यसअघि पनि राष्ट्रिय स्तरको प्रशिक्षण सेमिनार आयोजना गरिसकेको अवस्थामा अन्तर्राराष्ट्रिय प्रशिक्षकको प्रशिक्षणबाट खेलाडी र प्रशिक्षकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस