पौष २८, काठमाण्डौ । बैशाख १२ गते प्रदर्शन मिती तोकिएको चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ । सौगात मल्ल र अर्पण थापा स्टारर फिल्म लप्पन छप्पन २ को सार्वजनिक गरिएको उक्त १ मिनेट २३ सेकेण्ड लामो टिजरमा चलचित्रका केही मुख्य अंश समेटिएको छ ।
टिजरमा सौगात, अर्पण, शिव श्रेष्ठ र अनुप विक्रम शाहीलाई एक्सनमय अवतारमा देखाईएको छ । टिजरबाट फिल्म पैसाको चलखेलको बिषयमा निर्माण भएको अनुमान लगाउन सकिन्छ । चलचित्रमा सौगात, अर्पण, शिव, अनुप अलवा गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको भूमिका रहेको छ । यस चलचित्र शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रीजना सिना, रन्जीत ओन्ता लगायत कलाकारको डेव्यू चलचित्र रहेको छ । मुकुन्द भट्टले निर्देशन गरेको यस चलचित्रमा लेन्द्रराज तिमल्सिना प्रस्तुतकर्ता रहेका छन् ।