नेपाली समाजमा चिच्याउनु पर्ने नियतीको अन्त्य कहिले हुन्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १२, शनिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

–राज ढुंगाना

–केही समय अघिको मात्रै कुरा हो डाक्टर गोविन्द केसी भन्दै थिए सरकारले चिकित्सा आयोगको सुझाव अनुसार मात्रै विधयेक ल्याउनु अन्यथा म अनसन बस्छु, तर सरकारले सुनेन् अन्तत केसी २७ दिन सम्म अनसन बस्न पर्यो,अन्तत् सरकार केसीका सम्पुर्ण मागमा लम्पसार परेर सहमतीमा पुग्न पर्यो । एउटा उदाहरण ।

–आजकल नेपालमा पत्रकारहरुको नरम धारले काम गर्दैन, अनलाईनमा कुनै आश्चर्यजनक शब्दको हेडलाईन र त्यही अनुसारको तस्विर नहाले त्यो अनलाईन खोलिदैन अथवा त्यता सर्वसाधारणको ध्यान जाँदैन दोस्रो उदाहरण ।

–नेपालका प्रत्येक टेलिभिजनमा कार्यक्रम चल्छन् तर रवि लामिछाने सर्वसाधारणको नजरमा पर्छन अरुको गन्ति नै हुन छाडेको छ, किनकी उनि चिच्याएर जनताको कुरा बोलिरहेको जस्तो देखिन्छ, ठाडै नेता वा सम्बन्धितलाई फोन गरेर लाईभ भिडियो नदेखाए न राज्य सुन्छ न त सरोकारवाला नै । तेस्रो उदाहरण

–रेडियो कार्यक्रममा ऋषि धमला चिच्याएर नेतालाई प्रश्न सोधे भने स्रोतालाई वाह् हुन्छ, नेता जनता त्यही धारलाई भन्दैछन वाह्, अन्य रेडियोकर्मीको नरम बहसको अहिलेको समयमा कुनै अर्थ छैन । चौथो उदाहरण ।

पत्रकारिताका विषयसंग छलफल हुँदै गर्दा केहीदिन अघि एक व्यवसायीसंग मेरो छलफलको विषय थियो, मुलुक किन दिन प्रतिदिन अनावश्यक विषयमा कोलहाल बन्दैछ, ? उनले केही कुरा मध्ये चिच्याउने र ठाँउको ठाँउ–ठाँउ ठोक्न सकेमात्रै यहाँ जो कसैले सुन्छ नत्र तपाईहरु जस्तो नरम तरिकाले पत्रकारिता गर्नेको कुनै सुनुवाई हुँदैन भनेर जवाफ दिए । यो पङ्तीकारले लेख्दै गरेका माथीका उदाहरणहरु हामीलाई रुखो लाग्न सक्छ वा पङ्तीकार पनि पत्रकारिता सिक्दै गरेकोले उसले यो गर्न सकेनछ अनि यहाँ चिच्याउनेको विरोध गरिरहेछ भन्ने अर्थ लाग्न सक्छ । तर यहाँ यो पङ्तीकारको प्रसंग नेपाली समाजमा पहिलाको उखान अब मिल्न छाडिसकेको छ । की बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । अहँ, अब यो अहिलेको सन्दर्भमा पुरानो उखान भयो, हाम्रा प्रधानमन्त्रीलाई उखानको खानीको रुपमा पनि हेरिन्छ तर उनले अहिलेसम्म यो सोच्न भ्याएका छन की छैनन् ? अब ‘यहाँ चिच्याउनेको सबथोक बिक्छ नरम भए सितैमा नि किन्दैनन् ।’

नेपाली समाज अब मिठो बोले हेप्ने, नरमताको वेप्रवाह पचाउन थालिसक्यो । शालिनता र सम्मानको भाव हराउदै गएको छ । जो आडम्बर छ, जसले चिच्याउछ उसको कुरा सुन्न सरकार देखी छिमेक सम्म बाध्य हुन्छ । यसो भन्नुको अर्थ अब नेपालमा केही विषयको सुनुवाई हुन बोलेर हैन चिच्याउन पर्छ, रुखो बन्नुपर्छ र केही नोक्सान हुनुपर्छ । नत्र यहाँ न छिमेकले सुन्छ न सरकारले सुन्छ । यसको पछिल्लो उदाहरण हो डा. गोविन्द केसीको अनसन ! साँच्चै उनले राखेका माग सही लाग्थ्यो भने सरकारले किन यत्रो बबण्डर मच्चाएको ? यसको मतलब शान्तीक्षेत्र घोषणा गर्न तत्कालिन राजा विरेन्द्रले संयुक्त राष्ट्रसंघमा राखेको प्रस्ताव किन स्विकृत भएन त भन्दा आज नेपाल यो दिसामा जानु रहेछ र त्यो संयोगवश अनुमोदन हुन सकेन । यदी झुक्किएर शान्तीक्षेत्र भएको भए आज हामी आफैलाई दिक्क लाग्थ्यो होला आजको परिस्थिती हरेर ।

खासमा यो भन्नुको मुल ध्येय नेपालमा अव सानोतिनो स्वरमा बोलेर कसैले सुन्दैन,राम्रा मिठा शब्द भन्दा तिता र तोडमोडिएका (जुन कुरा एकैछिनमा भाईरल बन्छ) त्यस्ता सामाग्रीहरुमा ध्यान आम नागरिकमा सेकेण्ड/सेकेण्डमा गईरहेको पाउछौँ । नेपाली पत्रकारिता, नेपालीको सोच नम्रताबाट विस्तारै रुखो र आडम्बरतिर उन्मुख भईरहेको छ । कसैलाई राम्रो भनिएको कुरा कयौँदिन थाहा हुँदैन,देशमा राम्रो केही काम हुन लाग्यो भने त्यसको प्रचार नै गरिदैन । नराम्रो केही भयो भने एकैछिनमा भाईरल बनाउने होडले नेपाली समाज सकारात्मक विषयमा भन्दा नकारात्मक विषयमा बढी ध्यान राख्दैछ भन्ने कुराको प्रमाणित पछिल्लो समयमा सामाजिक सञ्जालमा हुने विविध घटनाले पुष्टि गर्छ ।

न्याय पाईएन- अदालतमा गयो सुनुवाई हुँदैन, के गर्ने अनसन ? सरकार राम्रो काम गर्दैन- के गर्ने ? सडकमा आउनै पर्ने ? चिच्याउनै पर्ने ? छिमेकमा कसैको घर जल्दैछ, जल्दाजल्दै निभाउनु भन्दा पनि भिडियो खिच्ने,फोटोसेल्फि हान्ने ! जव सबै सकिन्छ अनि निभाउन हतार हुन्छ र तिनै भन्छन-‘यसरी घर जल्यो निभाउन दमकल भएन ।’ ए बाबा ! त्यहाँ उपस्थित जनशक्ति नै काफी थियो, आगो निभाउन तर मानिसलाई त्यहाँ चिच्याउनै पर्छ सानो स्वरले भनेर सुनिदैन ।

कसैको केही विनास वा क्षती नभई नेपालमा न सरकार सुन्छ, न न्यायालय सुन्छ, न पुलिस प्रशासन सुन्छ, न त अन्य । यसको मुल कारण के त भन्दा नेपाल पहिला जस्तो रहेन ! अब यहाँ सामान्य नागरिक देखि ठुलाबडा सबै पैसा र पावरको पछि कुद्दैमा फुर्सद छैन । सवैलाई समाज,मुलुक भन्दा पनि आफु माथी राखेर अघि बढ्नु छ । पहिला पहिला भन्थे काठमाडौँ बडो निर्दयी छ अहिले यो पङतीकार देख्दैछ, -गाँउदेखि सहर सिङगो नेपाली समाज निर्मम बन्दैछ । यसको कारण के त भन्दा राज्यले देशप्रति बफादार बनाउन अब राज्य चिच्याउने कहिले ? हामी त विस्तारै बोलेपनि माग सुनुवाई हुनुपर्छ भन्ने पक्षमा । कसैको नाजायज माग छन भने चिच्याउदा पनि नसुनियोस् र कसैको जायज मागलाई बोलिरहेको मात्रै छ भनेर मुखै नथुनियोस्

मन्दमन्द एक/दुई जना मनुवा सुसाउदैमा यो बेथिती कदापी हट्दैन, यस्तै भईरहने हो भने देशमा एक युगमा एकचोटी आउने चिच्चाहटले सिंगो पद्धती उल्टिन नसक्ला भन्न सकिदैन । जनता चिच्याउनु परिरह्यो भने सरकार एकदिन सुन्दै नसुन्ने बहिरो हुन्छ र चिच्याउनेहरु फेरी परिवर्तनका विगुल फुक्न आउन नसक्लान भन्न सकिदैन । नेपाली समाज विस्तारै चिच्याउनुमै रमाउने र मुलुकका प्रमुख अंग पनि नचिच्याई नसुन्ने भयो भने मुलुक,समाज र परिवारमा कलह,बेमेल र असहिष्णुता बढ्दै जानेछ । त्यसकारण राज्य,समाज र परिवार सबै मिलेर चिच्याउनुपर्ने अवस्थाको अन्त्य गरौँ ।

लेखक अनलाईन केन्द्रका सम्पादक तथा रेडियो पत्रकार हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस