निडर उपसभामुख डा. तुम्बाहाङ्फे भन्छिन्- “सभामुखको टुङ्गो नलागेसम्म राजीनामा दिदैदिन्न”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २९, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाण्डौ । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले सभामुखको टुङ्गो नलागेसम्म राजीनामा नदिने बताएकी छिन् । दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरेसम्म राजीनामा नदिने उनको अडान कायमै छ । तुम्बाहाम्फेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले राजीनामा दिनु संविधानको व्यवस्था अनुसार गलत हुने बताईन् । संविधानले संघीय संसदको प्रतिनिधि सभा नेतृत्व विहीन हुने कल्पना नगरेकोले पनि आफूले राजीनामा दिन नहुने उनको भनाई थियो ।

राजनीतिक दलहरुले जति छिटो सभामुख पदका लागी उम्मेदवार तयार गर्छन त्यति नै बेला आफूले राजिनामा दिएर मार्ग प्रसस्त गर्ने उनले बताईन् । अहिले आफू कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनै पनि दलको निर्देशन आफूमाथि लागू नहुने उनको दावी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस