मकवानपुरको मनहरि गाउँपालिका बालमैत्री घोषित

Post Thumbnail

पौष २९, मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको रुपमा घोषित भएको छ । गत सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले घोषणापत्र पढेर मनहरिलाई मुलुकै पहिलो बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको रुपमा घोषणा गरेका हुन् ।

देशभरका ४६० गाउँपालिकामध्ये मनहरि पहिलो बालमैत्री गाउँपालिका भएको बताइएको छ । उपप्रधानमन्त्री पोखरेलले गाउँपालिकाले घोषणा गरेपछि पनि अभियानलाई निरन्तरता दिनुपर्ने बताए । डेढ वर्षअघिबाट सुरु भएको यो अभियानले सार्थकता पाएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । भौतिक पूर्वाधारहरुको निर्माण र पुनर्निर्माण बालमैत्री ढंगले गरिएको छ । ३२ वटा सामुदायिक विद्यालय र आठवटा निजी विद्यालयमा नै बालमैत्री सूचकहरु चुस्त दुरुस्त राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस